PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

आज फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदै



रासस

आज फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदै
Photo: Ambhu Zetha

काठमाडौं : किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ। समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए। जसलाई सत्य धर्म मुचुल्का भनिन्छ। यो १९८८ साल बैशाख २४ गते जारी गरिएको थियो।

किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन २००५ सालमा भएको हो। किराँत समाज सुधारमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो।

उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँत समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ। राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell