PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

प्रभु साहको क्षेत्रमा यस्तो देखियो चुनावी दौडाह

प्रभु साहको क्षेत्रमा यस्तो देखियो चुनावी दौडाह

रविन खाकी/पहिलोपोस्ट


गुजरा : चुनावी परिणाम आफ्नो पक्षमा पार्न नेताहरुको गाउँ दौडाह चर्को छ। रौतहटको क्षेत्र नम्बर ३ पनि नेताहरु पिच सडकमा ८० किलोमिटर प्रतिघन्टाको रफ्तारमा हुइँकिँदै गाउँ पसिरहेका छन्।

यसपटकको निर्वाचनको केही रोचक क्षेत्रमध्ये यो पनि पनि एक हो। अन्तिम समयमा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहका कारण देशको नजर यहाँ अडिएको छ।

अर्को रोचक विषय यहाँ उम्मेदवार मनोनयन दिन कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका ओमप्रकाश जैसवाललाई एमालेको साथ मिलेको छ। सत्ता गठबन्धनले साथ दिने भने पनि नेकपा (माओवादी केन्द्र)का धीरज पटेलले प्रचार आफ्नै रफ्तारमा अघि बढाइरहेका छन्।

बुधवार दिउँसो ३ बजे हामी मौलापुर भएर कटहरिया हुँदै गुजरा पुग्दा बाटोमा चापाकल चुनाव चिन्हको झन्डा र प्रभु साहको पोस्टर प्रशस्तै देख्यौँ। कटहरिया नपुग्दै माओवादी केन्द्रको हसिँया हथौडा चिन्ह भएको झन्डा फरफराउँदै केही मोटरसाइकल पनि कुदिरहेको देखियो।

माओवादी केन्द्रको प्रचारले पनि प्रभु साहको चुनावी प्रतिस्पर्धा कडा हुने देखिन्छ। कटहरियाका एक जना स्थानीय भन्दै थिए - ‘यस क्षेत्रमा प्रभु साह पहिलेबाट जित्दै आएका हुन्। यसपटक पनि जित्छन्। चुनाव चिह्न फेरिएकोले उनलाई थप कसरत भने आवश्यक छ।’

कटहरियाबाट केही अघि बढ्दा केही युवा कलम चिह्न फरफराउँदै हिँडिरहेका देखिन्थे भने कतिपय घर माछा चिह्नको ध्वाजापतकाले सजिएको छ।

इश्लामपुरमा हामी पुग्दा प्रभु साहको टोली प्रसुवाबाट फर्किँदै थियो। इश्लामपुरमा कोणसभा आयोजना गरिएको रहेछ। इश्लामपुरको बाक्लो बस्ती रहेको ठाउँमा मस्जिद नजिकै कार्यक्रम सुरु भयो।

प्रभुले बज्जिका भाषामा भाषण शुरु गरे। भाषणको अन्त्यतिर बज्जिका भाषामै प्रभुले एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोध गरे। प्रभु भन्दै थिए, ‘एमाले एक्लै लड्छु भन्दै थिए तर अहिले सात दलसँग तालमेल गरेको छ। सत्ता गठबन्धनमा पाँच दलमात्र छ।’



ट्रेन्डिङ पोस्ट

Ncell