PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

दीपेन्द्रको सानदार शतकीय पारिको सहायतामा आर्मीलाई ३ सय ५ रनको लक्ष्य



पहिलोपोस्ट

दीपेन्द्रको सानदार शतकीय पारिको सहायतामा आर्मीलाई ३ सय ५ रनको लक्ष्य
फाइल फोटो : क्यान

काठमाडौं: दीपेन्द्रसिंह ऐरीको सानदार शतकीय पारिको सहायतामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी दोस्रो सेमिफाइनल खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पुलिसका लागि ऐरीले सर्वाधिक १ सय ४० रन बनाए। उनले १२५ बलमा ५ छक्का र ११ चौकाको सहायतामा सानदार पारि खेलेका हुन्। जारी प्रतियोगितामा ऐरीको यो दोस्रो शतक हो। त्यस्तै आरिफ शेख १०९ बलमा २ छक्का र ८ चौकाको सहायतामा ९१ रन बनाउँदै अविजित रहे। त्यसअघि ओपनर कुशल भुर्तेलले ३१, सुनिल धमलाले १३ तथा अमित श्रेष्ठले १० रन बनाएका थिए।

बलिङतर्फ आर्मीका विक्रम सोबले ३ तथा शुसन भारीले १ विकेट लिए।

३०५ रनको विशाल लक्ष्य पछ्याएको आर्मी केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ। आजको खेलमा विजयी टोलीले फाइनलमा एपीएफसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell