PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

घरदैलोमा पुकार बम, कामको आधारमा मत माग्दै पुगे आलोकनगर

घरदैलोमा पुकार बम, कामको आधारमा मत माग्दै पुगे आलोकनगर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब मात्र १० दिन बाँकी छ। निर्वाचन संघारमा आइपुग्न लाग्दा उम्मेदवारहरुले घरदैलोलाई तिब्रता दिएका छन्। काठमाडौंमा पनि अहिले चुनावी माहोल तात्दै गएको छ।

काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह पुन: प्रतिस्पर्धामा छन् सत्ता गठबन्धनको तर्फबाट। नेकपा एमालेले उनीविरद्ध किरण पौडेल उठाएको छ। तर, सिंहलाई एमालेले भन्दा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन्द्र मिश्रले धेरै चुनौती दिने अनुमान गरिएको छ।

पुकार बम आफूलाई 'विकल्प' भन्दै घरदैलोमा जोड दिइरहेका छन्। आज पनि काठमाडौंको क्षेत्र १ मा पर्ने आलोकनगर क्षेत्र पुगेका थिए। आफू १५ वर्षदेखि युवालाई राजनीतिमा ल्याउन लागेको भन्दै मत मागिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell