PahiloPost

Jul 3, 2024 | २० असार २०८१

राजीव गान्धीको हत्यामा दोषी ठहर ६ जनालाई रिहा गर्न भारतको सर्वोच्च अदालतले दियो आदेश



पहिलोपोस्ट

राजीव गान्धीको हत्यामा दोषी ठहर ६ जनालाई रिहा गर्न भारतको सर्वोच्च अदालतले दियो आदेश
Photo : The Indian Express

भारतको सर्वोच्च अदालतले राजीव गान्धीको हत्यामा दोषी ठहर भएका ६ जनालाई रिहा गर्न आदेश दिएको छ। नलिनी श्रीहरण र आरपी रविचन्द्रनसहित जन्मकैदको सजाय पाँच ६ जनालाई रिहा गर्न आदेश दिइएको हो।

भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको सन् १९९१ मे २१ मा तमिलनाडुमा आत्मघाती विस्फोट गरेर हत्या गरिएको थियो। श्रीलंकाली तमिल विद्रोही एलटीटीइको संलग्नता रहेको सो विस्फोटमा गान्धीसँगै अरुको पनि मृत्यु भएको थियो।

सुरुमा टाडा कोर्टले सन् २५ जनालाई मृत्यु दण्डको सजाय सुनाएको थियो। पछि सर्वोच्च अदालतले हत्या अभियोगमा सातजनालाई दोषी ठहर गर्दै १९ जनालाई सफाइ दिएको थियो। सन् १९९९ मा सर्वोच्चले चारजनालाई मृत्युदण्ड र तीनजनालाई जन्मकैदको फैसला सुनाएको थियो। सन् २००० मा नलिनीको मृत्युदण्डलाई अदालतले जन्मकैदमा परिवर्तन गरेको थियो। सन् २०१४ मा अन्य तीनजनाको सजायलाई पनि जन्मकैदमा रुपान्तरण गरेको थियो।

गत मे महिनामा सातजना मध्ये एजी पेरारिभलनलाई रिहा गर्न सर्वोच्चले आदेश दिएको थियो। ३० वर्ष जेलमा रहेर रिहा भएका उनै पेरारिभलनको मुद्दालाई आधार बनाएर आजको फैसला आएको हो। सर्वोच्चले रिहा गर्न आदेश दिएकी नलिनी हाल 'पेरोल'मा छिन्। अर्थात उनी अदालतको आदेशबाट जेल बाहिर छिन्। उनैले सर्वोच्च अदालतमा छिटो रिहा हुन पाउँ भन्दै मुद्दा दर्ता गरेकी थिइन्। नलिनी भारतकै नागरिक हुन्। उनको विवाह एलटीटीइका मुरगण (शरिहरण) सँग भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell