PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

भन्सार छलि गरेर ल्याएको सवारीसहित दुई जना समातिए



पहिलोपोस्ट

भन्सार छलि गरेर ल्याएको सवारीसहित दुई जना समातिए

काठमाडौः भन्सार छलि चोरी पैठारी गरी ल्याएको दुई वटा सवारी साधन ‍सहित भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे ठेगाना भएका २६ वर्षीय रविन ओझालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुमा भन्सार छलि चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्रि गर्ने उद्देश्यले राखिएको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोही नगरपालिका-९ पलासेबाट टोएटा कम्पनीको कार १ थान र सोही नगरपालिका-८ आदर्शचोकबाट फोर्ड कम्पनीको जिप १ थान सहित उनलाई पक्राउ गरेको हो।

उनलाई बरामद सवारी साध सहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell