PahiloPost

Jan 29, 2026 | १६ माघ २०८२

चाबहिलमा सिन्दुर जात्रा : गणेश र भैरवको खट यात्रा सम्पन्न

चाबहिलमा सिन्दुर जात्रा : गणेश र भैरवको खट यात्रा सम्पन्न

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : चाबहिल क्षेत्र आज होलीमा झैं 'सिन्दूर जात्रा'ले रंगिएको छ। चन्द्रविनायक जात्राको अन्तिम दिन गणेश र भैरवको खट यात्रा अन्त्य गरि आज सिन्दुर जात्रा गरिएको हो।

जात्राका अवसरमा चाबहिल क्षेत्रका स्थानीयले आज आफन्तलाई सामेल गराइ भोजसमेत खुवाउने परम्परा रहेको छ। कातिक शुक्ल पूर्णिमाको दिनबाट शुरु हुने यो जात्रा मार्गशीर्ष कृष्ण तृतियाका दिन सिन्दूर जात्रा गरि अन्त्य गर्ने चलन छ।

जात्रा मनाउन स्थानीयहरु परम्परागत तथा साँस्कृतिक भेषभुषामा सजिएका थिए भने चारदिने जात्राका लागि चाबहिलबाट कुटुबहालसम्मको क्षेत्र दुलही जस्तै सजाइएको थियो। जात्राका अवसरमा एकअर्कालाई रंग दल्ने परम्परा पनि रहेको छ। जात्रामा बालबालिका तथा युवादेखि वृद्धवृद्धासम्मको सहभागिता रहेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell