PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

भारतीय अभिनेता सिद्धान्त वीर सूर्यवंशीको निधन



पहिलोपोस्ट

भारतीय अभिनेता सिद्धान्त वीर सूर्यवंशीको निधन
तस्विर : सिद्धान्तको इनस्टाग्रामबाट

भारतीय टिभि सिरियलमा अभिनय गर्दै आइरहेका सिद्धान्त वीर सूर्यवंशीको निधन भएको छ। मुम्बईस्थित एक जिममा वर्कआउट गरिरहँदा उनी लडेका थिए। त्यहीँ नै उनको मृत्यु भएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

४६ वर्षीय सिद्धान्तले कुसुम, वारिस, सूर्यपुत्र कर्ण लगायतका सिरियलहरुमा अभिनय गरेका थिए।

प्रहरीले यो घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell