PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

नेपाललाई यू १५ महिला साफको उपाधि



पहिलोपोस्ट

नेपाललाई यू १५ महिला साफको उपाधि
Photo: SAFF

काठमाडौं: बंगलादेशमा जारी यू १५ साफ महिला च्याम्पियनसीपको उपाधि नेपालले जितेको छ। आज सम्पन्न निर्णायक खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो।

डबल राउण्ड रोबिन प्रणालीमा सञ्चालन भएको खेलमा नेपालले ३ जित र १ बराबरीसँग १० अंक जोड्दा ४ खेलबाट ७ अंक जोडेको बंगलादेश उपविजेता बन्यो।

आज सम्पन्न खेलको १४ औं मिनेटमै शुसिला केसीको गोलमा नेपालले अग्रता बनाएको थियो। तर ५४ औं मिनेटमा बंगलादेशकी रुमा अख्तरले गोल गर्दै खेल बराबरीमा ल्याइन्। त्यस्तै ८९ औं मिनेटमा विपना स्नेहीको ह्याण्डबलमा बंगलादेशले पेनाल्टीको अवसर पाएकी थिइन्। तर, नेपाली गोलकिपर सुजता तामाङले बचाउन सफल भइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell