PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

जसपा रौतहट अध्यक्ष धर्मेन्द्र पटेल दलबलका साथ प्रभु साहको स्वतन्त्र अभियानमा



पहिलोपोस्ट

जसपा रौतहट अध्यक्ष धर्मेन्द्र पटेल दलबलका साथ प्रभु साहको स्वतन्त्र अभियानमा

गौरः जनता समाजवादी पार्टीका अध्यक्ष धर्मेन्द्र पटेल दलबलका साथ प्रभु साह नेतृत्वको स्वतन्त्र उम्मेदवार जिताऊ अभियानमा समावेश भएका छन्। दुई दिनअघि मात्र जसपाको साधारण सदस्यता समेत त्यागेका जसपा अध्यक्ष पटेलले आफ्नो समूहका नेताहरुसहित आज मौलापुर नगरपालिका-१, मर्यादपुरमा आयोजित चुनावी सभाबाट अभियानमा सामेल भएका हुन्।

पटेल देवाही गोनाही नगरपालिकाको पूर्वमेयर समेत हुन्।

कार्यक्रममा पटेलले केपी ओली र उपेन्द्र यादवको अनैतिक राजनीतिका कारण आफू स्वतन्त्र अभियानमा जोडिएको बताए। मधेसीको सवालमा सधैं अनुदार रहेको केपी ओलीसँग गठबन्धन गरेपछि जसपा विचलित भएकोले अब देश र मधेसले नयाँ शिराबाट मात्र निकास पाउन सक्ने भन्दै आफूहरु साहको नेतृत्वमा अगाडि बढ्ने निर्णय गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell