PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

‘ट्वीटर ब्लू’को अस्तव्यस्त सुरुवात : पोप फ्रान्सिसदेखि जर्ज डब्लु बुशको ‘भेरिफाइड’ प्यारोडी अकाउन्ट



पहिलोपोस्ट

‘ट्वीटर ब्लू’को अस्तव्यस्त सुरुवात : पोप फ्रान्सिसदेखि जर्ज डब्लु बुशको ‘भेरिफाइड’ प्यारोडी अकाउन्ट
Photo: Andre M Chang/Zuma Wire/Rex/Shutterstock

८ डलर प्रतिमहिना तिरेर ‘ब्लू-टिक’ प्रमाणीकरण लिन सकिने सेवा शुक्रवार उपलब्ध थिएन। भेरिफाइड फेक अकाउन्टहरुको बाढी नै आएपछि ट्विटरले पुन: सुरु गरेको उक्त प्रिमियम सेवा शुक्रवार रोकेको हो

यो घटनाले उक्त नयाँ सेवाको सुरुवातमा देखिएको अस्तव्यस्त परिस्थितिलाई इंगित गरेको छ। दुई हप्ताअघि कम्पनीको टेकओभर पूरा गरेपछि इलोन मस्कले यो नयाँ सेवाको सुरुवात गरेका थिए।

४४ बिलियन डलरमा मस्कले ट्वीटर खरिद गर्नुअघि प्लेटफर्मद्वारा प्रमाणित सेलिब्रेटीहरू तथा पत्रकारहरूलाई ‘ब्लू-टिक’ प्रदान गरिएको थियो। फेक अकाउन्टबाट हुने हानी रोक्न यसो गरिएको थियो। तर, अब फोन, क्रेडिट कार्ड र प्रतिमहिना ८ डलर भएका जोकोहीले पनि यो ‘ब्लू-टिक’ प्राप्त गर्न सक्छन्।

तर, यो नयाँ सेवा, सुरु हुनासाथ फेक अकाउन्टको शिकार भएको हो। प्रयोगकर्ताहरूले पोप फ्रान्सिसदेखि जर्ज डब्लु बुशसम्मका व्यक्तिहरुको प्यारोडी अकाउन्ट बनाएका छन्। इन्सुलिन नि:शुल्क छ भनेर फेक अकाउन्टले ट्वीट गरेपछि फर्मास्यूटिकल कम्पनी एली लिली एन्ड कम्पनीले माफी माग्न बाध्य भएको थियो। निन्टेन्डो, लकहिड मार्टिन, मस्कको आफ्नै टेस्ला र स्पेसएक्सदेखि विभिन्न व्यावसायिक खेलकुद व्यक्तित्वहरूको फेक अकाउन्टहरु खोलिएको छ।

हाल ‘ब्लू-टिक’को दुई वटा क्याटेगोरी छन् तर ति समान देखिन्छन्। एकातर्फ मस्कले नेतृत्व लिनुअघि प्रमाणीकरण गरिएका खाताहरू समावेश छन्। जसको ‘ब्लू-टिक’मा क्लिक गर्दा ‘सरकारी, समाचार, मनोरन्जन, वा अन्य निर्दिष्ट वर्गमा उल्लेखनीय भएर यो खाता प्रमाणित गरिएको हो’ भन्ने सन्देश देख्न सकिन्छ। त्यस्तै, अर्को प्रकारमा ट्वीटर ब्लूको सब्सक्रिप्सन लिएको देख्न सकिन्छ।

बिहीवार मस्कले ट्वीटमार्फत ‘धेरै भ्रष्ट लिगेसी ब्लू 'प्रमाणीकरण' चेकमार्कहरू छन्, त्यसैले आगामी महिनाहरूमा लिगेसी ब्लू हटाउनुको कुनै विकल्प छैन’ भनेका थिए।

ट्वीटर ब्लू शुक्रवार प्लेटफर्मको अनलाइन संस्करणमा उपलब्ध थिएन र आइफोन संस्करणमा मात्र साइनअप गर्न भनिएको थियो। तर, आइफोन संस्करणमा पनि ट्विटर ब्लूको अप्सन दिइएको थिएन।

ट्वीटरले केही उल्लेखनीय अकाउन्टहरुमा ‘आधिकारिक’ लेबलहरू फेरि राख्न थालेको छ। यस हप्ताको सुरुमा लेबलहरू रोल आउट गरिएको भएपनि केही घण्टामै त्यसलाई हटाइएको थियो।

बिहीवार राति ट्वीटरको आफ्नै तथा अमेजन, नाइकी र कोका-कोला जस्ता ठूला कम्पनीहरूको अकाउन्ट उक्त लेबल देखिएको थियो। तर, पछि फेरि गायब भएको थियो।

सेलिब्रेटीहरूले पनि ‘अफिसियल’को लेबल पाएको देखिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell