PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

'फोहोरी पोलिटिक्सको कपटी खेल, अझै भन्दै गर एसएलसी फेल', मध्यरातमा एलओडी पुगेर ओलीले गाए र्‍याप



पहिलोपोस्ट

'फोहोरी पोलिटिक्सको कपटी खेल, अझै भन्दै गर एसएलसी फेल', मध्यरातमा एलओडी पुगेर ओलीले गाए र्‍याप

काठमाडौं : 'सतरी कटेनी भरिलो दिमाग छ, हुँदारको घेरामा जिउँदो बाघ छ

शब्दको वर्षा, उनकै त चर्चा

को हो को हो, भन्दे त भाइ

बा …. केपी बा'

शुक्रवार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा चुनावी र्‍याप गीत सार्वजनिक गरे।

र्‍याप गीतमा ओलीको प्रशंसा गरिएको थियो। ओली सरकारका पालामा भएका कामहरुको बखान गरिएको थियो गीतमा। सँगै सत्ता गठबन्धनलाई व्यङ्ग्य समेत गरिएको थियो।

May be an image of 1 person, standing and crowd

दिउँसो आफ्नो फेसबुक पेजमा राखेको सोही गीतलाई ओलीलाई मध्यरातमा नाइट कल्ब पुगेर सार्वजनिक गरे। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गीतलाई युवामाझ पुर्‍याउन काठमाडौंकै चर्चित क्लब रोजेका हुन्। 

'फ्राइडे नाइट' मा रमाइलो गर्न ठेमलस्थित 'एलओडी' पुगेका युवाहरुलाई ओलीले सरप्राइज दिए पुगे। मध्यरातमा 'एलओडी' पुगेका ओलीले युवामाझ गीत सार्वजनिकमात्र गरेनन गीतका केही शब्दसमेत गाए।

नाइट क्लब पुगेका युवाहरुलाई ओलीले हात हल्लाउँदै अभिवादन गरेका गरेका थिए। युवायुवतीहरुले पनि ओलीलाई हात हल्लाउँदाै 'चियर' गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell