PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

महन्थ ठाकुरको घोषणा : यो नै अन्तिम चुनाव, अर्कोपटक लड्दिन



पहिलोपोस्ट

महन्थ ठाकुरको घोषणा : यो नै अन्तिम चुनाव, अर्कोपटक लड्दिन

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवारी अन्तिमपटकका लागि रहेको बताएका छन्। महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार उनले यसपछि आफूले अब निर्वाचन नलड्ने घोषणा गरेका हुन्।

ठाकुरले मत माग्ने तथा घरदैलो गर्ने क्रममा मतदातालाई आफूलाई अन्तिमपटकका लागि भोट दिन आग्रह गर्दै आएको बताए। यसअघि विसं २०७४ पनि यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी मधेशको पहिचान र हक अधिकारसम्बन्धी केही काम गर्न बाँकी रहेकाले त्यही बाँकी काम गर्नका लागि आफूलाई पुनः एकपटक जिताउन जनतासँग आग्रह गर्दै मत मागिरहेको बताए।

मतदाताले विकासको कुरा गर्दा उनले विकासभन्दा पनि कानुन निर्माणका लागि र मधेश तथा मधेशीको हक-अधिकार स्थापित गराउनका लागि बढी समय दिने गरेको तर्क गरेका छन्। साथै आफूले आफ्नो बजेटले भ्याएसम्म आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न जातजातिका देवीदेवताको मठमन्दिर, मस्जिद, पर्खाल, घेरा र सडक निर्माणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम गरेको र अझै पनि गर्दै जाने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell