PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सुर्खेतमा निर्वाचन सुरक्षा तयारी : मदिराजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक



पहिलोपोस्ट

सुर्खेतमा निर्वाचन सुरक्षा तयारी : मदिराजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक

काठमाडौं : सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मं‍सिर ४ गते हुने निर्वाचनको प्रचारप्रसार कार्य तीव्ररुपमा बढेकाले यसलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट सम्पन्न गर्ने ध्येयले हिजोदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

'निर्वाचन मतपरिणाम घोषणा नभएसम्म यस जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद र अन्य मनोरञ्जनका क्रियाकलाप संचालन गर्न दिइने छैन', उनले भने, 'मंसिर ४ गते मतदान हुनुभन्दा २४ घण्टाअगावै ग्यास सिलिण्डर, पाइप, सकेट, प्रेसरकुकरजस्ता विष्फोटनमा प्रयोग हुनसक्ने सामग्रीको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय भएको छ।'

उक्त निर्णयको पूर्ण परिपालना गर्न गर्न गराउन जिल्लाका सबै राजनीतिक दल, उद्योगी, व्यापार व्यवसायी, आमसञ्चार माध्यम र सर्वसाधरणमा अनुरोध गरिएको रिजालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell