PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

सेनाले संचालनमा ल्यायो एकीकृत निर्वाचन सुरक्षा कक्ष



पहिलोपोस्ट

सेनाले संचालनमा ल्यायो एकीकृत निर्वाचन सुरक्षा कक्ष
तस्विर : नेपाली सेना

काठमाडौं : नेपाली सेनाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा एकीकृत निर्वाचन सुरक्षा कक्ष स्थापना गरि संचालनमा ल्याएको छ। मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा सैनिक परिचालित भई तैनाथ भइसकेको जानकारी दिइएको छ। सेनाले मतदानस्थलमा बाहिरी घेरामा रहि सुरक्षा प्रदान गर्नेछ। सेनाले निर्वाचन सुरक्षाका सन्दर्भमा हालसम्म ८३२ बम डिस्पोजन टोली परिचालन गरिसेकेको छ भने बाँकी १४३ टोली तयारी अवस्थामा रहेको जानकारी दिएको छ।

निर्वाचन आयोग परिसरमा निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री प्याकिङ गर्न खटिएका एक सय सैनिक जनशक्तिले सुम्पिएको कार्य जिम्मेवारी पूरा गरी युनिटमा फिर्ता भइसकेको छ। आगामी निर्वाचनका लागि हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा सेनाको हवाई साधनद्वारा मतपत्र ढुवानीको कामसमेत पूरा भइसकेको छ। 

यसअघि सेनाकै सुरक्षामा सम्पूर्ण मतपत्र छपाइको काम भएको हो। उक्त मतपत्र सुरक्षाका लागि खटिएका १४३ सैनिक जनशक्तिमध्ये आइतबारबाट अत्यावश्यकबाहेक अन्य फिर्ता हुने निर्देशनालयले जनाएको छ।

सेनाले हाल १०६ महत्वपूर्ण संरचना, कारागार, विमानस्थमा तैनाथ रहेकामा केही दिनभित्रै थप पाँच कार्यस्थलमा खटिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell