PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

एपीएफलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि



पहिलोपोस्ट

एपीएफलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि
फोटोः क्यान

काठमाडौंः प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि एपीएफले जितेको छ। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो।  

एपीएफले आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो। आर्मीले दिएको १८० रनको लक्ष्य एपीएफले ३८.३ ओभरमा ६ विकेट क्षतिमा पूरा गरेको हो।

आर्मीका लागि भुवन कार्कीले अर्धशतक पूरा गरेका थिए। कार्कीले ५५ रन बनाए।

पहिले ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो। आर्मीका लागि रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए।

उपाधिसँगै एपीएफले दश लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता आर्मीले पाँच लाख हात पारेको छ। प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट दिपेन्द्रसिंह ऐरी घोषित भए। बेस्ट ब्याट्सम्यानको उपाधि पनि सिंहले नै पाउँदा करण केसी बेस्ट बलर घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell