PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

न्युक्यासलसँग चेल्सी पराजित, म्यानचेस्टर सिटीलाई ब्रेन्टफोर्डले हरायो



पहिलोपोस्ट

न्युक्यासलसँग चेल्सी पराजित, म्यानचेस्टर सिटीलाई ब्रेन्टफोर्डले हरायो
Photo: Premier League

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी न्युक्यासल युनाइटेडसँग पराजित भएको छ। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोली न्युक्यासलसँग १-० गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा न्युक्यासललाई जित दिलाउन जोए विललकले निर्णायक गोल गरे। उनले खेलको ६७ औं मिनेटमा मिगुएल अलमिरोनको पासमा गोल गरेका थिए।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित भएको छ। घरेलु मैदान इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटी १-२ गोलले पराजित भएको हो। ब्रेन्टफोर्डको जितमा इभान टोनीले दोहोरो गोल गरे। उनले खेलको १६ औं मिनेट र इन्ज्युरी समयमा गोल गरे। यता सिटीका लागि फिल फोडेनले पहिलो हाफको इन्ज्युरी समयमा गोल फर्काएका थिए।

योसँगै म्यानचेस्टर सिटी ३२ अंक जोडेर दोस्रो स्थानमा छ भने ३० अंक जोडेको न्युक्यासल तेस्रो स्थानमा रहँदा लिगका पछिल्ला तीन खेलमा पराजय ब्यहोरेको चेल्सी २१ अंक जोडेर आठौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell