PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

लिभरपुलले साउथह्याम्टनलाई हरायो, लिड्समाथि टोटनहमको जित



पहिलोपोस्ट

लिभरपुलले साउथह्याम्टनलाई हरायो, लिड्समाथि टोटनहमको जित
Photo: Premier League

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले साउथह्याम्टनलाई हराएको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले साउथह्याम्टनलाई ३-१ गोलअन्तरले हराएको हो।

खेलको छैटौं मिनेटमा रोबर्टो फर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। तर, ९ औं मिनेटमै चे आडम्सले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। यता लिभरपुलका डार्विन नुनेजले पहिल्यै हाफमा दुई गोल थपे। उनले खेलको २१ औं र ४२ औं मिनेटमा गोल गर्दै खेल आफ्नो पक्षमा पारे।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा टोटेनहम हट्सपरले लिड्स युनाइटेडमाथि जित निकाल्यो। टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा लिड्स ४-३ गोलअन्तरले पराजित भएको हो।

खेलको १० औं मिनेटमा क्रिसेन्सियो समरभिल्ले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थियो। यता २५ औं मिनेटमा ह्यारी केनले टोटेनहमका लागि गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ४३ औं मिनेटमा रोड्रिगो मोरिनोले गोल गर्दै फेरि लिड्सलाई अग्रता दिलाए। पहिलो हाफमा लिड्स २-१ ले अघि रह्यो। दोस्रो हाफमा टोटेहमका लागि बेन डेभिसले गोल गर्दै खेल बराबरीमा ल्याए। तर ७६ औं मिनेटमा लिड्सका मोरेनोले नै गोल गर्दै फेरि अग्रता दिलाएपछि खेल थप रोमाञ्चक बनेको थियो। तर, ८१ र ८३ औं मिनेटमा टोटेनहमका रोड्रिगो बेनटानकुरले गोल थपेपछि खेल घरेलु टोलीले पुनरागमन गर्दै ४-३ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्‍यो।

योसँगै लिभरपुल १४ खेलबाट २२ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ भने २९ अंक जोडेर टोटेनहम चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell