PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

तीन महिनापछि पुनः प्रतितोला ९७ हजार नाघ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो



पहिलोपोस्ट

तीन महिनापछि पुनः प्रतितोला ९७ हजार नाघ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो

काठमाडौं : क्रमिक उकालो लागेको सुनको मूल्य फेरि बढेको छ। साताको पहिलो दिन मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ।

आइतवारका लागि कारोबार मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको कारोबार मूल्य झण्डै महिनापछि फेरि तोलाको ९७ हजारबाट उकालो लागेको हो।

यसअघि गत साउनको अन्तिम साता प्रतितोला ९७ हजार ८ सय रुपैयाँ पुगेको थियो। त्यसपछि भने घटेको थियो।

पछिल्लो २६ दिनको अन्तरालमा तोलामा ३ हजार ९ सय रुपैयाँ बढेको छ। कात्तिक १ मा सुन प्रतितोला ९३ हजार ४ सय थियो।  

गत शुक्रवार सुन तोलामा १४ सयले बढ्दा प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी ५ रुपैयाँ बढ्दा प्रतितोला कारोबार मूल्य १३ सय रुपैयाँ कायम भएको छ। शुक्रवार १० रुपैयाँले बढ्दा प्रतितोला १२ सय ९५ रुपैयाँ थियो। चाँदी पनि सर्वाधिक बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बलियो हुँदै गएको छ। गत शुक्रवार प्रतिऔंस १७५३.७५ डलर रहेको सुन आइतवार १७७०.७८ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २१.७१ डलर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell