PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

टी २० विश्वकप फाइनल: पाकिस्तान टस हारेर ब्याटिङमा



पहिलोपोस्ट

टी २० विश्वकप फाइनल: पाकिस्तान टस हारेर ब्याटिङमा
Photo: ICC

अस्ट्रेलियामा जारी टी २० विश्वकपको फाइनल खेलमा इङ्ग्ल्याण्डले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको छ। मेलबर्न क्रिकेट मैदानमा इङ्ग्लिस कप्तान जोस बटलरले टस जितेर फिल्डिङको निर्णय गरेका हुन्। आज हुने खेलमा यी दुई टोली उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रने छन्। यसअघि दुबै टोलीले समान एक पटक विश्वकपको उपाधि जितेका छन्।

पाकिस्तानी प्लेइङ ११

बाबर आजम (कप्तान), मोहम्मद रिजवान, मोहम्मद हरिस, सान मसुद, इफ्तिकार अहमेद, शादाब खान, मोहम्मद नवाज, मोहम्मद वसीम, शाहीन शाह अफ्रीदी, हरिस रउफ, नसीम शाह

इङ्ग्ल्याण्डको प्लेइङ ११

जोस बटलर (कप्तान), एलेक्स हेल्स, फिल साल्ट, बेन स्टोक, ह्यारी ब्रुक, मोइन अली, लिआम लिभिङस्टोन, साम करन, क्रिस ‌ओएक्स, क्रिस जोर्डन, आदिल रशिद

जारी विश्वकपमा यी दुई टोलीको प्रदर्शन

इङ्ग्ल्याण्ड

अफगानिस्तानसँग ५ विकेटको जित

आयरल्याण्डसँग ५ रनको हार

अस्ट्रेलियासँगको म्याच रद्द

न्युजिल्याण्डविरुद्ध २० रनको जित

श्रीलंकासँग ४ विकेटको जित

भारतसँग १० विकेटको जित

पाकिस्तान

भारतसँग ४ विकेटको हार

जिम्बावेसँग १ रनको हार

नेदरल्याण्ड्समाथि ६ विकेटको जित

साउथ अफ्रिकामाथि ३३ रनको जित

बंगलादेशमाथि ५ विकेटको जित

न्युजिल्याण्डमाथि ७ विकेटको जित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell