PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

आमा खोज्न युरोप पसेका मेहरनको निधन, १८ वर्ष बसेका थिए पेरिस विमानस्थलभित्रै



पहिलोपोस्ट

आमा खोज्न युरोप पसेका मेहरनको निधन, १८ वर्ष बसेका थिए पेरिस विमानस्थलभित्रै
Photo : Getty Images

फ्रान्सको पेरिसस्थित रोसी चार्ल्स डी गउले विमानस्थलमा १८ वर्ष बसेका मेहरन करिमि नस्सेरीको निधन भएको छ। कुटनिटिक द्विविधाका कारण उनले सन् १९८८ मा विमानस्थलको सानो कक्षलाई आफ्नो घर बनाएका थिए।

उनको अनुभवलाई आधार बनाएर सन् २००४ मा टम हन्क्स र क्याथरिन जेटा जोन्स अभिनित 'द टर्मिनल' फिल्म निर्माण भएको थियो।

सन् १९४५ मा इरानमा जन्मिएका मेहरन आफ्नो आमाको खोजी गर्न उनी युरोप पसेका थिए। केही वर्ष बेल्जियममा बसेका उनलाई आवश्यक कागजपत्र सही नभएको भन्दै बेलायत, नेदरल्यान्ड्स र जर्मनीले देशनिकाला गरेको थियो। त्यसपछि उनी फ्रान्स पुगेका थिए। फ्रान्स सरकारले बस्ने अनुमति दिएपछि उनले विमानस्थलको टु एफ टर्मिनललाई घर बनाएका थिए। विमानस्थलमा उनी ट्रलीहरु राख्ने ठाउँको एक कुनामा बस्थे। अन्तर्राष्ट्रिय मिडियामा उनको कथा आएपछि स्टेफेन स्पेलबर्गले उनमा आधारित फिल्म बनाएका थिए।

फिल्म प्रदर्शन पछि मेहरनले दिनमा ६ वटासम्म अन्तर्वार्ता दिएका थिए।

शरणार्थीको मान्यता र फ्रान्समा बस्ने अनुमति दिइए पनि उनी सन् २००६ सम्म विमानस्थलमै बसेका थिए। अस्पतालमा उपचारका लागि लगेपछि उनले विमानस्थल छाडेका थिए। त्यसपछि उनी होस्टेलम बसेका थिए। होस्टेलमा बस्न उनले फिल्म र फ्रान्सेली पत्रिकाबाट पाएको रकम प्रयोग गरेका थिए।

केही हप्ता अघि अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell