PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

'पासो' को ट्रेलरमा अपहरणमा परेका दुई युवतीले बाच्नका लागि गरेको संघर्ष



पहिलोपोस्ट

'पासो' को ट्रेलरमा अपहरणमा परेका दुई युवतीले बाच्नका लागि गरेको संघर्ष

काठमाडौं : मंसिर १६ गतेबाट प्रदर्शन हुने फिल्म ‘पासो’ को ट्रेलर सार्वजनिक भएको छ। डेढ मिनेट लामो ट्रेलरमा दुई युवतीले बाँच्नका लागि गरेको संघर्षको कथा देखाइएको छ।

फिल्ममा रिस्ता बस्नेत र कलाकार सुनिशा बजगाँई मुख्य भूमिकामा छन्। ट्रेलरमा रिस्ताको एक्सन अवतार देख्न सकिन्छ।

आर बी पुनले निर्देशन गरेको फिल्ममा रिस्ता र सुनिशाको साथै रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ। फिल्मको कथा, पटकथा र संवाद समेत पुनले नै लेखेका हुन्।

१३ दिन लगाएर खिचिएको फिल्मको निर्माता भगवान भुजेल हुन्। राजकुमार राउत कार्यकारी निर्माता रहेको फिल्ममा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह–निर्माताको रुपमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell