PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नागरिक एपमा वाग्मतीको सञ्चार रजिष्ट्रार कार्यालयबाट जारी पत्रकार कार्ड हेर्न मिल्ने



पहिलोपोस्ट

नागरिक एपमा वाग्मतीको सञ्चार रजिष्ट्रार कार्यालयबाट जारी पत्रकार कार्ड हेर्न मिल्ने

काठमाडौं :सञ्चार रजिष्ट्रार कार्यालय वाग्मती प्रदेशले जारी गरेको पत्रकार परिचयपत्र अब नागरिक एपमा पनि हेर्न सकिने भएको छ।

सञ्चार रजिष्ट्रार कार्यालय बाग्मती प्रदेशबाट पत्रकार परिचयपत्र लिएका पत्रकारहरुले आफनो परिचयपत्र हराएमा वा छुटेमा देखाउनु पर्ने स्थानमा नागरिक एपबाट देखाउन सक्नेछन्। नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित नागरिक एपको वन पोइन्ट सिक्स पोइन्ट टु भर्जनमा वाग्मती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयबाट जारी पत्रकार परिचयपत्र हेर्न सकिन्छ।

पत्रकार परिचयपत्र हेर्नका लागि नागरिक एप डाउनलोड गर्नु पर्नेछ। नागरिक एपलाई अपडेट गर्नु पर्नेछ। अपडेट गर्दा एपको वन पोइन्ट सिक्स पोइन्ट टु भर्जन अपडेट हुनेछ। नागरिक एपमा पत्रकार पास भन्ने आइकनमा क्लिक गर्नु पर्नेछ। पत्रकार परिचयपत्र नम्बर राख्नु पर्नेछ। जन्म मिति मागेमा त्यो पनि राख्नु पर्ने रजिष्ट्रारको कार्यालयले जनाएको छ।

सूचना तथा प्रसारण विभाग वा सञ्चार रजिष्ट्रार कार्यालय वाग्मती प्रदेशमध्ये कहाँबाट परिचयपत्र लिएको हो सोही कार्यालय छनौट गरी पेश गरेपछि परिचय पत्र देखिनेछ। परिचयपत्र डाउनलोडन गरेपछि नेपाली र अंग्रेजी दुवै पट्टीको हेर्न मिल्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell