PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

टी २० विश्वकप फाइनल : इङ्ग्ल्याण्डलाई पाकिस्तानको १३८ रनको लक्ष्य



पहिलोपोस्ट

टी २० विश्वकप फाइनल : इङ्ग्ल्याण्डलाई पाकिस्तानको १३८ रनको लक्ष्य
Photo: ICC

टी २० विश्वकप अन्तर्गत आज जारी फाइनल खेलमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको हो। पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाउँदा कप्तान बाबर आजमले ३२, शादब खानले २० तथा मोहम्मद रिजवानले १५ रन बनाए।

बलिङतर्फ इङ्ग्ल्याण्डका साम करनले सर्वाधिक ३ विकेट लिँदा आदिल रशिद र क्रिस जोर्डनले समान २ तथा बेन स्टोक्सले १ विकेट लिए।

इङ्ग्ल्याण्ड केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell