PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

२० जना प्रहरीको टोलीले सर्च गर्दा ११ घण्टापछि फुल्चोकीको जङ्गलमा हराएका विद्यार्थी फेला पार्‍यो



पहिलोपोस्ट

२० जना प्रहरीको टोलीले सर्च गर्दा ११ घण्टापछि फुल्चोकीको जङ्गलमा हराएका विद्यार्थी फेला पार्‍यो
फाइल फोटो

काठमाडौः ललितपुरको फुल्चोकीको जङ्गलमा हराएका चार जना विद्यार्थी फेला परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ११ घण्टापछि उनीहरूलाई उद्धार गर्न सफल भएको हो।

नेपाल राष्ट्रिय निर्माण मावि मुलपानीमा कक्षा ११ र १२ का अध्यायरत ४ जना विद्यार्थी हराएका थिए। शनिवार बिहान १२५ विद्यार्थी तथा ९ जना शिक्षकहरू बिहान फुलचोकीमा घुमेर दिउँसो २ बजे फर्कने क्रममा हराएका थिए।

खोजतलास गर्दा उनीहरू छोटो बाटो हिँड्न खोज्दा जङ्गलमा हराएकोले शिक्षक तथा विद्यार्थीहरूले दिनभरि खोजतलास गर्दा पनि फेला पार्न नसकेपछि साँझ प्रहरी प्रभाग बाडेगाँउमा जानकारी दिएको थियो। प्रहरी निरीक्षक दीपक केसीको कमान्डमा २० जना प्रहरीको टोलीले टा टोली खोजतलासमा गरेको थियो।

त्यही क्रममा आइतबार दिउँसो १ बजे फेला परेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell