PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

रवि लामिछानेको गाडीमा आक्रमण, विवादपछि अगाडिको सिसामा ढुंगा प्रहार



पहिलोपोस्ट

रवि लामिछानेको गाडीमा आक्रमण, विवादपछि अगाडिको सिसामा ढुंगा प्रहार

काठमाडौं : चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको प्रचारमा प्रयोग भएको गाडीमा तोडफोड भएको छ। बा १४ च ७६८४ नम्बरको गाडीमा तोडफोड भएको हो।

आज दिउँसो प्रचारको अवधिमा तोडफोड भएको रविका सहयोगी दीपक बोहोराले जानकारी दिए। गाडीको अगाडिको सिसा फुटेको छ।

प्रचार गरिरहेको समयमा माओवादीका कार्यकर्तासँग जम्काभेट भएको थियो। त्यहाँ विवाद हुँदा गाडीमा आक्रमण भएको देखिएको छ। सिसा फुटेको गाडीमा रवि भने चढेका थिएनन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell