PahiloPost

Jan 23, 2026 | १० माघ २०८२

विश्वकप टी-२० को उपाधि इंग्ल्याण्डलाई, पाकिस्तान पराजित



पहिलोपोस्ट

विश्वकप टी-२० को उपाधि इंग्ल्याण्डलाई, पाकिस्तान पराजित

विश्वकप टी २० २०२२ को उपाधी इंग्ल्याण्डले जितेको छ। आज पाकिस्तानसँग भएको फाइनल खेलमा इंग्ल्याण्डले पाँच विकेटले विजय भएको हो।

टी २० विश्वकप अन्तर्गत आज जारी फाइनल खेलमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा टस हारेर पाकिस्तान ब्याटिङमा उत्रिएको थियो। पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो।

इङ्ग्ल्याण्डले ६ बल बाँकी छँदा नै जित निकालेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell