PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

नेपाल टस जितेर फिल्डिङमा, प्लेइङ ११ मा कोको?



पहिलोपोस्ट

नेपाल टस जितेर फिल्डिङमा, प्लेइङ ११ मा कोको?
फाइल फोटो

काठमाडौं: नेपाल र यूएईबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय गरेका हुन्। आजको खेलबाट अर्जुन साउद र हरिशंकर साहले नेपाली टिमबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका छन्।

नेपालले यूएईसँग आज, कात्तिक ३० गते र मंसिर २ गते काठमाडौंमा खेल्दैछ।

आजको नेपालको प्लेइङ ११

रोहितकुमार पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुलसनकुमार झा, हरिशंकर शाह, कुशल भुर्तेल, ललितनारायण राजबंशी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell