PahiloPost

May 23, 2025 | १० जेठ २०८२

पाहुना गएका व्यक्तिको हत्या, हत्या अभियोगमा मृतकका भान्जा समातिए



पहिलोपोस्ट

पाहुना गएका व्यक्तिको हत्या, हत्या अभियोगमा मृतकका भान्जा समातिए

काठमाडौंः मोरङको उर्लाबारी नगरपालिकामा एक जना पुरुषको हत्या भएको छ।

आइतबार राति उर्लाबारी नगरपालिका वडा नम्बर ८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ बस्ने  ४२ वर्षीय काजी मोहराको हत्या भएको हो।

हत्या गरेको अभियोगमा प्रहरीले उनका भान्जा २२ वर्षीय सुजन पाचकोटीलाई नियन्त्रणमा लिएको छ। घरायसी वादविवादको क्रममा धारिलो हतियार (दाउ) ले टाउकोमा प्रहार गरी घाइते भई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलवारे उर्लाबारीमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell