PahiloPost

Jun 15, 2025 | १ असार २०८२

रिलिज अघि नै 'दृश्यम २' को ३५ हजार टिकट बिक्री



पहिलोपोस्ट

रिलिज अघि नै 'दृश्यम २' को ३५ हजार टिकट बिक्री

बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म 'दृश्यम २' यतिखेर चर्चामा छ। आउँदो शुक्रवारदेखि प्रदर्शन हुने यस फिल्मलाई लिएर दर्शकहरु निकै उत्साहित छन्।

ट्रेलर रिलिजपछि दर्शकको चासो देखेर निर्माताले २ अक्टोबरदेखि फिल्मको अग्रिम बुकिङ खुला गरेको थियो। यसैबिच, रिलिज अगावै ‘दृश्यम २’ ले राम्रो व्यापार गर्ने संकेत देखाएको छ।

फिल्मले अग्रिम टिकट बिक्रीमा निकै उत्साहजनक सुरुवात गरेको छ। भारतमा यस फिल्मको जम्मा ३५ हजार ३३२ बिक्री भइसकेको भारतीय समीक्षक तरण आदर्शले ट्विटरमा उल्लेख गरेका छन्। उनका अनुसार बिक्री भएको टिकट तीन ठूला चेन पीभीआर, आइएनओएक्स र सिनेपोलिसको हिजो बिहानसम्मको तथ्याङ्क हो।

‘दृश्यम २’ ले अग्रिम टिकट बुकिङमा ‘रनवे ३४’ र ‘थ्याङ्क गड’ को रेकर्ड तोडेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। अझै फिल्म रिलिज हुन चार दिन बाँकी छ। यो अवधीमा फिल्मको अग्रिम टिकटको बिक्री बढ्ने देखिन्छ। 

यो फिल्म सन् २०१५ मा रिलिज भएको ‘दृश्यम’ को सिक्वेल हो। अभिषेक पाठक निर्देशित यस फिल्ममा अजयसँगै अक्षय खन्ना, तब्बु, श्रीया सरन, इशिता दत्त, मृणाल जाधव, रजत कपूरलगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell