PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

बालीमा बाइडेन र सीको आज वार्ता



पहिलोपोस्ट

बालीमा बाइडेन र सीको आज वार्ता
Photo : Getty Images

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति वो बाइडेनबिच आज वार्ता हुने भएको छ। इन्डोनेसियाको बालीमा आयोजना भइरहेको जी-२० सम्मेलनका क्रममा दुई राष्ट्र प्रमुखबिच छलफल हुन लागेको हो।

सन् २०२० मा बाइडेन राष्ट्रपति बनेपछि सीसँग उनको पहिलो प्रत्यक्ष वार्ता आज हुने भएको हो। त्यसैले पनि आजको वार्तालाई महत्वका साथ हेरिएको छ।

यो भेटका क्रममा ताइवानको एजेन्डाबारे पनि छलफल हुने बाइडेनले बताइसकेका छन्। उक्त विषयमा सीसँग गहन छलफल हुने र समाधानका उपाय निकाल्ने प्रयास गर्ने उनले बताएका छन्। तर, चीनले यसबारेमा केही खुलाइसकेको छैन।

सीसँगको वार्तापछि बाइडेनले पत्रकार सम्मेलन गर्ने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell