PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

मुस्तफाको अर्धशतकको सहायतामा यूएईले नेपाललाई दियो २ सय ६४ रनको लक्ष्य



पहिलोपोस्ट

मुस्तफाको अर्धशतकको सहायतामा यूएईले नेपाललाई दियो २ सय ६४ रनको लक्ष्य
तस्बीर: क्यान

काठमाडौं: नेपाल यूएई एकदिवसीय सिरिजको पहिलो खेलमा यूएईले नेपाललाई २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको हो।

यूएईका लागि रोहन मुस्तफाले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५३ रन बनाए। त्यस्तै एलिसन शारफुले २९ र आयान खानले २६ रन बनाउँदा अहमेद राजा २७ रनमा अविजित रहे।

त्यसअघि ओपनरद्वय मोहम्मद वसीम र बृत्य अरविन्दले क्रमश ४४ र ४० रन जोड्दै यूएईलाई राम्रो सुरुवात दिलाएका थिए।

बलिङतर्फ नेपालका गुलसन झाले सर्वाधिक २ विकेट लिँदा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङ उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell