PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

ताप्लेजुङको दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत मतपेटिका ल्याउन सिफारिस



पहिलोपोस्ट

ताप्लेजुङको दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत मतपेटिका ल्याउन सिफारिस

काठमाडौं : ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ।

यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए।

खनालका अनुसार फक्ताङलुङ गाउँपालिका-७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका-६ घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन सिफारिस गरिएको छ। फक्ताङलुङ गाउँपालिका ६ स्थित घुन्सा आधारभूत विद्यालय मतदान केन्द्रमा १६९ जना र ग्याब्ला आधारभूत विद्यालय मतदान केन्द्रमा ६७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

ओलाङचुङगोलास्थित वडा कार्यालय मतदान केन्द्रमा २८४ जना र याङ्मा आधारभूत विद्यालय मतदान केन्द्रमा ६१ जना मतदाता छन्। गत प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सो क्षेत्रका मतपेटिका हेलिकप्टरबाट फुङलिङ ल्याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell