PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

काठमाडौं-१ का मतदाताले सरकारको नम्बर वान म्यान बनेको हेर्न चाहेका छन् : प्रकाशमान सिंह



पहिलोपोस्ट

काठमाडौं-१ का मतदाताले सरकारको नम्बर वान म्यान बनेको हेर्न चाहेका छन् : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का मतदाताले आफूलाई सरकारको नम्बर वान बनेको हेर्न चाहेको बताएका छन्।

सोमबार काठमाडौं महानगरपालिकाको वडा नं. २९ को घरदैलो कार्यक्रममा उनले भने, ‘यो क्षेत्रका जनताले मलाई सरकारको नम्बर वान म्यान बनेको हेर्ने चाहना छ भनेका छन्।’

 जनताको चाहना पूरा गर्न आफू प्रयासरत रहेको पनि उनले बताए।

आफूले क्षेत्र नं. १ मा धेरै विकासका काम गरेको दाबी गर्दै उनले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा गर्ने आश्वासन पनि दिएका छन्।

अहिलेको अर्थतन्त्रको संकट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायित्व रहने पनि उनले बताए। विगतमा राजनीतिक अस्थीरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै उनले अब आफ्नो सम्पूर्ण ध्यान स्थायीत्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell