PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

मेरो प्लेटमा धेरै काम छ : इलन मस्क



पहिलोपोस्ट

मेरो प्लेटमा धेरै काम छ : इलन मस्क
Photo : REUTERS/Willy Kurniawan

इलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि हप्ताको सातै दिन बिहानदेखि रातिसम्म काम गरिरहेको बताएका छन्।

ट्वीटरसँगै टेस्लाको समेत प्रमुख कार्यकारी पद सम्हालिरहेका मस्कले बालीमा भइरहेको जी-२० सम्मेलनका क्रममा आयोजित 'बिजनेश कन्फरेन्स' मा भिडियो लिकंमा भने, ' एउटा कुरा के निश्चित छ भने मेरो प्लेटमा धेरै काम छ।'

मस्कले ट्वीटर किनेसँगै टेस्लाको के हुन्छ भनेर अहिले व्यापार क्षेत्रमा चर्चा हुने गरेको छ। इन्डोनेसियाले टेस्लासँग ब्याटरीमा लगानी र रकेट लन्च साइट निर्माणका लागि स्पेस एक्ससँगसहमति गर्ने प्रयास गरिरहेको छ। यस विषयमा प्रश्न गर्न मस्कले  प्रतिबद्धता जनाएनन्। तर उनले इन्डोनेसियाले विद्युतीय गाडीको 'सप्लाई चेन' विस्तारका लागि ठूलो भूमिका खेल्न सक्ने उनले बताएका छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell