PahiloPost

Jul 3, 2024 | २० असार २०८१

गुल्मीमा ३८ जना र पाल्पामा ७७ जना कैदीबन्दीले मतदान गर्न पाउने



पहिलोपोस्ट

गुल्मीमा ३८ जना र पाल्पामा ७७ जना कैदीबन्दीले मतदान गर्न पाउने

बुटवल : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागार गुल्मीमा रहेका ३८ कैैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। कारागारमा रहेका ८० जनामध्ये ३८ जना कैदीबन्दीले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिए।

उनीहरूलाई मतदानका लागि कारागार परिसर भित्रै अस्थायी मतदान केन्द्र थपिएको छ। २ निर्वाचन क्षेत्र रहेको गुल्मीमा २ लाख २३ हजार ६१५ जना मतदाता छन्। १ अस्थायी मतदान केन्द्र र २७८ वटा मतदान केन्द्र गरि जिल्लामा कुल २७९ वटा मतदान केन्द्र छन्।

पाल्पामा भने ७७ जना कैदीबन्दीले मतदान गर्न पाउने भएकाा छन्। कारागारामा २७७ जना कैदीबन्दी भए पनि ७७ जनाले मात्र मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। अन्य कैदीबन्दीको नाम मतदाता नामावलीमा समावेश नभएको कार्यालयका सुचना अधिकारी कल्पना पौडेलले जानकारी दिइन्।

सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो। पाल्पामा दुई वटा अस्थायी मतदान केन्द्र रहने छन्। सुरक्षाकर्मी र कर्मचारीका लागि तानसेनस्थित टुँडिखेल मञ्च र कैदीबन्दीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र तोकिएको छ। निर्वाचन कसुरमा सजाय पाइरहेका कैदीलाई भने मतदानमा रोक लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell