PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

सकियो फिल्म 'गुलाबी' को छायांकन



पहिलोपोस्ट

सकियो फिल्म 'गुलाबी' को छायांकन

काठमाडौं : फिल्म ‘गुलाबी’ को छायांकन सकिएको छ। कास्कीको धम्पुसबाट सुरु भएको छायांकन काठमाडौंमा 'इण्ड क्ल्याप' भएको हो। फिल्मका दृश्यहरू धम्पुससँगै पोखरा र काठमाडौंमा खिचिएको छ।

विभिन्न सेड्यूअलमा रहेर ३२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक समुन्द्र भट्टले जानकारी दिइन्। फिल्ममा समावेश एक गीतको भने पछि छायांकन हुने उनको भनाई छ।

पारलैङ्गिकताको कथामा निर्माण भएको 'गुलाबी' मा नाजिर हुसैन मुख्य भूमिकामा छन्। नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाको अभिनय छ। फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन्।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बनेको 'गुलाबी'लाई आगामी फागुनमा प्रदर्शनको लक्ष्यसहित यसै साताबाट फिल्मको पोष्ट प्रोडक्सनको काम सुरु गर्ने निर्माण टिमको योजना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell