PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

मौका परे रामचन्द्र पौडेलले देशको नेतृत्व गर्न सक्छन् : प्रचण्ड



पहिलोपोस्ट

मौका परे रामचन्द्र पौडेलले देशको नेतृत्व गर्न सक्छन् : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौका परे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको नेतृत्व गर्न सकिने बताएका छन्।

सोमवार गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो भनाई राखेका हुन्।

'गोरखा १ मा म, डुम्रेमा रामचन्द्र पौडेल, लमजुङमा देव गुरुङले केन्द्रमा महत्वपूर्ण भूमिका राख्न सक्छन्,' प्रचण्डले भने, 'मौका परे तीनटै नेताले देशको नेतृत्व गर्न सक्छन्।' पौडेल उक्त सभालाई सम्बोधन गर्न पालुङटार पुगेका थिए।

प्रचण्डले लमजुङ, गोरखा र तनहुँका टारहरुलाई मिलाएर ठुलो विकास ल्याउन सकिनेसमेत बताए।

'कुनै बेला राजधानी नै यता ल्याउने हो कि यहाँको टारहरुलाई मिलाएर भन्ने कुरा चल्थ्यो। यो भूगोललाई मिलाएर गुणात्मक फड्को मार्न सकिने स्थिति छ,' प्रचण्डले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell