PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

युनिभर्सिटी अफ भर्जिनायामा गोली चल्यो, तीनजनाको मृत्यु



पहिलोपोस्ट

युनिभर्सिटी अफ भर्जिनायामा गोली चल्यो, तीनजनाको मृत्यु
Photo : CNN

अमेरिकामा रहेको युनिभर्सिटी अफ भर्जिनियाको मुख्य क्याम्पस क्षेत्रमा गोली चलेको छ। सो घटनामा तीनजनाको मृत्यु भएको र दुई जना घाइते भएको सीएनएनले उल्लेख गरेको छ।

प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ। गोली चलाउने व्यक्ति विद्यार्थी भएको युनिभर्सिटीका अध्यक्ष जिम र्‍यानले बताएका छन्। प्रहरीले पनि गोली चलाउने व्यक्ति क्रिस्टोफर डरनेल जोन्स जुनियर रहेको सार्वजनिक गरेको छ। हाल डरनलसँग बन्दुक अझै रहेको भन्दै प्रहरीले उनको विवरणसमेत सार्वजनिक गरेको छ।

घाइतेहरुको उपचार भइरहेको छ। मृत्यु भएकाहरुको भने पहिचान भइसकेको छैन। तर,  तीनैजना विद्यार्थी रहेको जनाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell