PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

जोखिम लिएर नेपाल भित्र्याइएको 'उचाई' लाई कस्तो छ दर्शकको साथ?



लक्ष्मी बलायर

जोखिम लिएर नेपाल भित्र्याइएको 'उचाई' लाई कस्तो छ दर्शकको साथ?

काठमाडौं : गत शुक्रवार रिलिज भएको बलिउड फिल्म ‘उचाई’ ले भारतमा राम्रो व्यापार गरिरहेको छ। सीमित हलमा मात्रै रिलिज भएको फिल्मले बक्सअफिसमा तीन दिनमा १० करोड (भारतीय रुपैयाँ) कलेक्सन गरिसकेको छ।

समीक्षकको सकरात्मक प्रतिक्रियाका साथै माउथ पब्लिसिटीले दिनप्रतिदिन फिल्ममा दर्शकको संख्या बढ्दो छ। नेपालमा पनि यस फिल्मलाई दर्शकको राम्रै साथ रहेको हल सञ्चालकहरु बताउँछन्।

नेपालमा शुक्रवार नै हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर: वाकन्डा फरेभर’ र बलिउड फिल्म ‘रामसेतु’ पनि रिलिज भएका थिए। तर, प्रतिक्षित हलिउड फिल्म ‘वाकन्डा फरेभर’ मा मध्यम दर्शक हुँदा अक्षयको ‘रामसेतु’ भने हलबाट उत्रिसकेको छ।

बिग मुभिजले रिलिजको पहिलो दिन फिल्म ‘उचाई’ लाई तीन शो दिएको थियो। तर, माउथ पब्लिसिटी र दर्शकको मागसँगै आज ५ वटा शो दिएको बिग मुभिजका म्यानेजर दिपेश शर्मा जानकारी दिए।

‘उचाई र वाकन्डा फरेभरमा दर्शकको संख्या राम्रै छ। लगभग दुबैमा दर्शकको संख्या बराबर छ। राम्रो व्यापार गर्न नसक्दा ‘रामसेतु’ भने हलबाट हटिसकेको छ। त्यस्तै, तेस्रो हप्तामा लाग्दा समेत नेपाली फिल्म ‘महापुरुष’ को व्यापार राम्रै छ। उचाईमा राम्रो समीक्षा आइरहेको छ। माउथ पब्लिसिटीले यसको व्यापारमा वृद्धि हुने देखिन्छ। जसकारण हामीले पर्सीबाट उचाईलाई ६ वटा शो दिने विचार गरेका छौँ,’ उनले भने।

त्यसैगरि, देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा पनि ‘उचाई’ले दर्शकको साथ पाएको छ। जसकारण सुरुवात दिनमा १७ शो दिएको क्युएफएक्सले शोहरु बढाउँदै लगेको छ। त्यस्तै सुरुमा ५ शो दिएको वान सिनेमाजले सोमवार भने ८ शो दिएको छ।  

‘उचाइ’ मा काठमाडौंदेखि सगरमाथा आधार शिविरसम्मका रमणीय दृश्यहरु रहेका छन्। त्यसैले यो फिल्मलाई नेपालमा पनि प्रतिक्षित रुपमा हेरिएको थियो। सकरात्मक प्रतिक्रियाले यस फिल्मले सातामा राम्रो पिकअप गर्ने अनुमान गर्न सकिन्छ।

सुरज वर्जत्य निर्देशित फिल्मले चार मिल्ने साथीहरूको मित्रताको कथालाई समेटेको छ। फिल्ममा अमिताभका साथै अनुपम खेर, बोमन इरानी, ड्यानी डोन्जोङ्पा लगायत परिणिती चोपडा र सारिका हसनको पनि महत्त्वपूर्ण भूमिका छ।

कति कमायो?

बलिउड फिल्म ‘उचाइ’लाई ट्राभलर्स क्रिउ फिल्मस्ले नेपालमा ल्याएको हो। बुधबारसम्म यो फिल्म नेपाल भित्रिने वा नभित्रिने पक्का भएको थिएन। किनकी नाम चलेका वितरक कम्पनीले व्यापारका हिसाबले फिल्ममा पैसा हाल्न चाहेनन्। तर सोहि बेला ट्राभलर्स क्रिउ फिल्मस् भने जोखिम मोलेर यस फिल्मलाई नेपाल ल्याएको थियो। बलिउड फिल्म भए पनि यो फिल्मले नेपाललाई विश्वमाझ चिनाउने अपेक्षा गरिएकाले मंहगो रकम तिरेर नेपाल भित्र्याएको वितरक राजन पुरी बताउँछन्।

फिल्मले तीनदिनमा ८० लाख ग्रस कलेक्सन गरिसकेको पुरीको दाबी छ। समीक्षकका साथै दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाए पनि नेपालमा भने फिल्मलाई कम शो दिएको भन्दै पुरीले दुखेसो पोखे।

भन्छन्, ‘यो फिल्मलाई अरुले नपत्याएको बेला हामीले नेपाल ल्याएका हौँ। नेपालसँग जोडिएर भएर हामीले जोखिम लियौँ। तर, नयाँ वितरक भएका कारण यस फिल्मले हलमा भने सोचेजस्तो शो पाउन सकेको छैन। फिल्म हेर्ने धेरैको इच्छा भए पनि चुनावका कारण धेरै दर्शकहरु आउन सकेका छैनन्। जसकारण फिल्मको व्यापार जुन हिसाबले सोचेका थियौँ त्यसरी हुन सकिरहेको छैन। व्यापार मध्यम नै छ।’

तर, माउथ पब्लिसिटीका कारण रिलिजको दिनभन्दा हलहरुले केही शोहरु थपेको उनी बताउँछन्। सातामा फिल्मको व्यापारले पिकअप गर्ने उनको आशा छ। साथै उनले चुनावपछि पनि यस फिल्मलाई शो दिन हलसञ्चालकसँग अनुरोध गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell