PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

भक्तपुरमा पानी ट्याङ्करमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते



रासस

भक्तपुरमा पानी ट्याङ्करमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

भक्तपुर : भक्तपुरको सल्लाघारीमा पानी ट्याङ्करमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

वाग्मती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल बा ४ ख ४२६८ नम्बरको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

मोटरसाइकलमा सवार झापा घर भई हाल मध्यपुरथिमि-३ बस्ने २३ वर्षीय अनिल साहको इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। प्रहरीले दुर्घटना भएका दुवै सवारीसाधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell