काठमाडौं : सरकारले निर्वाचनको लागि दुई दिन सार्वनजिक विदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले निर्वाचनको दिन (मंसिर ४ र ५ गते) सार्वजिक विदा दिने निर्णय गरेको हो। त्यस्तै, शिक्षण संस्थाको हकमा भने मंसिर २ गतेदेखि ५ गतेसम्म विदा दिने निर्णय गरेको छ।
मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ।