PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

ललितपुरमा दुई बालिकालाई करणी गरेको अभियोगमा दुई किशोर समातिए



पहिलोपोस्ट

ललितपुरमा दुई बालिकालाई करणी गरेको अभियोगमा दुई किशोर समातिए

काठमाडौंः १० वर्षीया र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ।

ललितपुरको गोदावारी नगरपालिका-३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell