PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नवलपरासीमा देउवा र प्रचण्डको एकै बोली : विनोद चौधरीको जित क्षेत्रको विकासका लागि कोशेढुङ्गा



पहिलोपोस्ट

नवलपरासीमा देउवा र प्रचण्डको एकै बोली : विनोद चौधरीको जित क्षेत्रको विकासका लागि कोशेढुङ्गा

नवलपरासी : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि विनोद चौधरीलाई विजय गराउन आग्रह गरेका छन। नवलपरासीको विकासका लागि विनोद चौधरीलाई निर्वाचन लड्न पठाइएको देउवाको दाबी थियो। चौधरी पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनका उम्मेदवार हुन्।

आज लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले नेकपा एमालेलाई जनताले दिएको अभिमत केपी शर्मा ओलीले बिचमा नै घाटी निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई अत्याधिक बहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने बताएका छन्। संसद विघटन नगर्ने र जनताले दिएको अभिमत पुणर्रुपमा पालना गर्ने पार्टीलाई विजय गराउन पनि उनले मतदातालाई आग्रह गरे।

चौधरीको जितले यस क्षेत्रको विकासको ढोका खुल्ने भन्दै देउवाले नवलपरासी पश्चिमका मतदातालाइ भने, 'तपाईंहरू विनोद चौधरीलाई जिताएर पठाउनुस। हामी उहाँमार्फत यस जिल्लामा विकास पठाउँछौं।' 

चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंसिर ४ गतेको चुनाव पाण्डव र कौरव बिचको महाभारत युद्ध जस्तै भएकाले जनताले पाण्डवहरुको पक्षमा मतदान गर्न आग्रह गरे।

‘मंसिर ४ मा जनताले कौरव र पाण्डव मध्ये एक रोज्नुपर्ने अवस्था छ। जनताको अभिमतको अवमुल्यन गर्ने कौरवहरुको पराजय निश्चित छ।’ उनले भने, ‘मतदाताले लोकतान्त्रिक बाम गठबन्धनको पाच पाण्डवहरुका उम्मेदवारलाई विजय गराउने छन्। ’

प्रचण्डले विनोद चौधरीको विजय यो क्षेत्रको विकासको कोशेढुङ्गा सावित हुने बताए। 'चौधरीको उम्मेदवारी आम मतदाताको सुनिश्चित भविष्य हो। विजय गराउनुहोस अरु हामीले गर्छौं,' उनले भने।

सोही कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले आफुले यस क्षेत्रका जनताले भोगेको मल, बीउ, डुबान तथा बेरोजगारीको समस्यालाई योजनाबद्धरुपमा समस्या समाधान गर्ने प्रतिबद्ध रहेको बताए।

'२५ वर्ष सम्म रोकिएको विकासलाई अब गति दिनेछौं,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell