पोखरा : गण्डकी प्रदेशका भौतिक, पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्त भएका छन्। आज मंगलबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उनलाई बर्खास्त गरेका हुन्।
पछिल्लो केहीदिन यता गण्डकीका बहालवाला कानुन मन्त्री विन्दुकुमार थापालाई हराउन लागेको चर्चा र आरोप कास्कीमा चलिरहेको छ। कास्की २ (ख) बाट प्रदेश सभा सदस्यको आकांक्षी रहेका उनलाई पार्टीले निर्वाचनमा टिकट दिएको थिएन। सो क्षेत्रमा नेपाली कांग्रेसले मन्त्री विन्दुकुमार थापाले टिकट दिएको छ।
त्यसैले थापालाई हराउन खड्काले भूमिका खेलेको आरोपको चर्चा चलिरहेको समयमा उनी बर्खास्तमा परेका हुन्। यसअघि गण्डकीले उर्जामन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरेको थियो।