PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

के आमिर खानले फिल्मी करियरबाट विश्राम लिन लागेका हुन्?



पहिलोपोस्ट

के आमिर खानले फिल्मी करियरबाट विश्राम लिन लागेका हुन्?

बलिउड अभिनेता आमिर खानले फिल्मी करियरबाट विश्राम लिने समाचार अहिले भारतीय मिडियामा भाइरल भइरहेको छ। पछिल्ला फिल्महरु असफल भएपछि आमिरले यो निर्णय लिएको खबर सार्वजनिक भएका छन्। 

‘लालसिंह चड्ढा’ पछि आमिरले स्पेनी फिल्म ‘च्याम्पियन’ को रिमेकमा अभिनय गर्ने चर्चा थियो। तर, आमिरले एक कार्यक्रममा उक्त फिल्ममा आफूले अभिनय नगर्ने बताउँदै अभिनय करियरबाट विश्राम लिन खोजेको घोषणा गरेका हुन्।

आमिरले भने, ‘जब म कलाकारको रूपमा कुनै पनि फिल्म गर्छु, म त्यसमा हराउँछु। त्यो बेला मेरो जीवनमा अरू केही हुँदैन। लाल सिंह चड्डा पछि फिल्म च्याम्पियनमा काम सुरु गर्न लागेको थिएँ। फिल्मको स्क्रिप्ट गजबको थियो, कथा पनि मन पर्यो। तर त्यसपछि मैले मेरो परिवार, आमा र बच्चाहरूसँग समय बिताउनको लागि मलाई विश्राम चाहिन्छ भन्ने महसुस गरे।’

आमिरले कहिलेसम्म फिल्मबाट विश्राम लिने भने खुलाएका छैनन्।

आमिरको पछिल्लो फिल्म ‘लाल सिंह चड्ढा’ बक्सअफिसमा असफल भएको थियो। लाल सिंह चड्डाले लगानी उठाउन नसकेपछि उनले फिल्मी करियरबाट 'ब्रेक' लिन खोजेको अनुमान लगाइँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell