PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

मकवानपुर कांग्रेसले गर्‍यो बागी उम्मेद्वारलाई कारबाही



पहिलोपोस्ट

मकवानपुर कांग्रेसले गर्‍यो बागी उम्मेद्वारलाई कारबाही

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकालाई कारबाही गरेको छ। पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उठेका १६ जनालाई कारबाही गरेको हो। 

विज्ञप्ति जारी गर्दै कांग्रेसले कारबाहीबारे जानकारी दिएको हो।

‘उम्मेदवारसहित प्रस्तावक र सर्मथकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ९ दफा ३४ को उपदफा ४ (क) अनुसार नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरेको व्यहोरा अवगत गराउँदछौं’, अनुशासन समितिका संयोजक प्रभातकुमार दाहालद्धारा जारी विज्ञप्तिमा उल्खेख छ।

कारबाहीमा पर्नेमा भरत पराजुली, रिता खनाल, कर्णबहादुर थिङ, किशोर राना, गोपी अधिकारी, धिरजविक्रम न्यौपानेलगायत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell