PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

एकदिवसीय सिरिजको दोस्रो खेलमा आज, नेपाललाई सिरिज जोगाउन दवाब



पहिलोपोस्ट

एकदिवसीय सिरिजको दोस्रो खेलमा आज, नेपाललाई सिरिज जोगाउन दवाब
फाइल फोटो क्यान

काठमाडौं: नेपाल र यूएईबीचको एकदिवसीय सिरिजको दोस्रो खेलमा आज नेपाल र यूएई भिड्दै छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज बिहान ९ बजे खेल सुरु हुनेछ।

तीन खेलको सिरिजको पहिलो खेलमा नेपालले पराजय ब्यहोरिसकेको छ। आजको खेलमा पनि नेपालले पराजय ब्यहोरे यूएईले सिरिज जित्नेछ। आजको खेलमा पुनरागमन गर्न सके नेपालले सिरिज बराबरी गर्नेछ र तेस्रो खेल सिरिजको विजेताका लागि निर्णायक हुनेछ।

सोमवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा नेपाली टोली यूएईसँग ८४ रनले पराजित भएको थियो। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमा समेटियो।

उक्त खेलमा कमजोर ब्याटिङ गर्दा लक्ष्यसम्म पुग्न सकेको थिएन।

नेपाल र यूएईबीचका पछिल्ला पाँच एकदिवसीयमा यूएईले तीन खेलमा जित निकाल्दा नेपालले दुई खेलमा मात्र जित निकालेको छ। पछिल्ला तीन खेलमा नेपालले यूएईलाई हराउन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell