PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

यूएई टस जितेर ब्याटिङमा उत्रिँदै, नेपालको प्लेइङ ११ मा आरिफ इन, हरिशंकर आउट



पहिलोपोस्ट

यूएई टस जितेर ब्याटिङमा उत्रिँदै, नेपालको प्लेइङ ११ मा आरिफ इन, हरिशंकर आउट
फाइल फोटो क्यान

काठमाडौं: नेपाल यूएई एकदिवसीय सिरिजको दोस्रो खेलमा यूएई टस जितेर ब्याटिङमा उत्रिएको छ। यूएईका कप्तान सीपी रिजवानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

पहिलो खेल गुमाएको नेपालले आजको खेलमा प्लेइङ ११ मा १ परिवर्तन गरेको छ। अघिल्लो खेलमा डेब्यु गरेका हरिशंकर शाहको स्थानमा अनुभवी ब्याट्सम्यान आरिफ शेखले स्थान बनाएका छन्।

तीन खेलको सिरिजको पहिलो खेलमा नेपालले पराजय ब्यहोरिसकेको छ। आजको खेलमा पनि नेपालले पराजय ब्यहोरे यूएईले सिरिज जित्नेछ। आजको खेलमा पुनरागमन गर्न सके नेपालले सिरिज बराबरी गर्नेछ र तेस्रो खेल सिरिजको विजेताका लागि निर्णायक हुनेछ।

सोमवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा नेपाली टोली यूएईसँग ८४ रनले पराजित भएको थियो। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमा समेटियो।

उक्त खेलमा कमजोर ब्याटिङ गर्दा लक्ष्यसम्म पुग्न सकेको थिएन।

नेपाल र यूएईबीचका पछिल्ला पाँच एकदिवसीयमा यूएईले तीन खेलमा जित निकाल्दा नेपालले दुई खेलमा मात्र जित निकालेको छ। पछिल्ला तीन खेलमा नेपालले यूएईलाई हराउन सकेको छैन।

कोको छन् प्लेलिङ ११ मा?

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्सन झा, आरिफ शेख, कुशल भुर्तेल, करण केसी, ललितनारायण राजवंशी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell