PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

भक्तपुरमा आगलागी हुँदा एक युवतीको मृत्यु



पहिलोपोस्ट

भक्तपुरमा आगलागी हुँदा एक युवतीको मृत्यु

काठमाडौं : भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ स्थित राई टोलमा रहेको आत्माराम केसी र हरिशरण केसीको घरमा आगो लागेको थियो। आगलागीमा परेर आत्माराम केसीकी २५ वर्षीय छोरी अस्मिता केसीको मृत्यु भएको प्रहरीले जानकारी लिएको छ।

त्यस्तै नित्मा केसीलाई उद्धार गरेर उपचारको लागि अस्पताल पठाइएको छ।

घरमा आज बिहान पैने ८ बजेतिर आगलागी भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले दुई वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिएइको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell